Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिकेटर सन्दीप लामिछाने यूएईमा, मौसमको स्थानमा खेल्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखला खेल्न दुबई पुगेका छन् ।

सोमबार सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीको स्वीकृतीमा सन्दीपलाई दुबई पठाएको हो ।

सन्दीपले नेपाली टोलीका स्पिनर मौसम ढकाल ठाउँमा खेल्नेछन् । मौसम अभ्यासका क्रममा घाइते भएपछि क्यानले सन्दीपलाई दुबई पठाएको हो। मौसम मंगलबार अभ्यासका क्रममा घाइते भएका थिए।

उनको दायाँ हातमा चोट लागेको जनाइएको छ । नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।

यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । यसैगरी शुक्रबार पीएनजी र सोमबार पुनः यूएईसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077