Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल, टिममा सन्दीपको कमब्याक

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने भएको हो । यूएईले केही बेरमा ब्याटिङ थाल्नेछ ।

नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका हुन् । तीब्र गतिका बलर प्रतिश जिसीको स्थानमा स्पिनर सन्दीप लामिछानेले स्थान बनाएका छन् ।

यसअघि, लिग २ मा लगातार पाँच जित निकालेको नेपाल आजको खेलमा यूएईलाई पराजित गर्दै जितलय कायम राख्न चाहान्छ ।शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई ४ विकेटले पराजित गरेको थियो ।

२९ खेलमा १३ जित १४ हारको नतिजासहित २८ अंक जोडेर छैठौं स्थानमा रहेको नेपालले आजको खेलमा जित निकाले ३० अंकसहित पाँचौं स्थानमा उक्लिनेछ । एकदिवसिय मान्यता जोगाउन ४ र विश्वकप छनोट खेल्न नेपालले बाँकी सात मध्यका ६ खेल जित्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077