काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
आज तेजाबी सुन तोलाको एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।