काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तरगत यूएईविरुद्ध नेपालले पाँचौं विकेट हात पारेको छ।
नेपाललाई सन्दीपले चौथो र आरिफले पाँचौं विकेट दिलाएका हुन्। ३६ औं ओभरको तेस्रो बलमा सन्दीपले ७२ रन बनाएका आसिफ खानलाई क्याचआउट गराए ।
जारी खेलमा सन्दीको यो दोस्रो विकेट हो। यस्तै आरिफले ३७ औं ओभरमा विकेट दिलाएका हुन्।
आरिफले २ रन बनाएका अलिसन सराफुलाई आउट गरेका हुन्। यसअघि नेपालका लागि करण र कुसल मल्लले एक एक विकेट लिएका थिए।