Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : युएईले दियो नेपाललाई २०८ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप क्रिकेट लिग–२ मा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको हो।

युएईका लागि ओपनर आसिफ खानले ७२ रन जोडे। उनले ९९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

भृतिया अरविन्दले १८, कप्तान रिजवानले २२, आरयन लाक्राले २८ रन जोडे। रोहन मुस्तफा रनमा नटआउट रहे।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ३ विकेट लिएका हुन्।

यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १-१ विकेट लिए।

नेपालले लिग २ मा पछिल्ला सबै ५ खेल जितेको छ । यूएईले पछिल्ला ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४ मा पराजय बेहोरेको थियो ।

कमजोर मानिएको पपुव न्यु गिनीविरुद्ध यूएई सोमबार १ सय ३१ रनले पराजित भएको थियो । त्यही पपुवा न्यु गिनीलाई आइतबार नेपालले ४ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077