Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बिजनेस नभएपछि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

पोखरा । बिजनेस नभएपछि गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन बिहीबार मध्यरातदेखि अन्त्य भएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको सिफारिसमा बिहीबार मध्यरात १२ बजेदेखि पहिलो अधिवेशन अन्त्य गरेका हुन् ।

चालु अधिवेशन १६ वटा बैठकमार्फत चार विधेयक र दुई अध्यादेश पारित गरेर अन्त्य भएको हो ।

केन्द्र सरकारमा एमाले सरकारबाट बाहिरिएपछि एमाले नेतृत्वको प्रदेश सरकार ढल्ने चर्चा भइरहेका बेला गण्डकीको अधिवेशन एकाएक अन्त्य भएको जानकारी दिइएको हो ।

विशेष परिस्थिति सिर्जना नभएको अवस्थामा अब जेठमा बैठक बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077