Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपति भण्डारीको निर्देशन - चीन र भारत जोड्ने सडक तत्काल निमार्ण गर्नू

दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडक देशकै छोटो मार्ग दोलखा जिल्लाबाट हुने भएकोले तत्काल निमार्ण गर्न निर्देशन दिएकी छिन् ।

ग्रामिण विकास टुकी संघको टुकी अवधारण र अभियानको ४५ औं बर्ष सम्पन्नको अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले सो निर्देशन दिएकी हुन् ।

उनले माथिल्लो तामाकोशी जलबिद्यु्त आयोजना सम्म करिब ११ सय मिटर सडक निमार्ण भई सकेको र बाँकी १२ किलोमिटर सडक निमार्ण गरेपछि तीन देश जोड्ने छोटो मार्ग तय हुने भएकाले ढिला गर्न नहुने बताइन् ।

दोलखा जिल्लाको विकासको लागी डाँङडुगे डाँडामा अन्तराष्टिय स्तरको फिल्म सिटी बन्ने घोषण भएको तर काम तदारुपताका साथ अघि नबढेकोले ढिलासुस्ती नगर्न राष्ट्रपति भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077