Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हालको गठबन्धनको आयु पाँच वर्षसम्म रहने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै सुरु हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित आठ दलको प्रशिक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सञ्चारकर्मीहरुले विश्वासको मत कहिले लिनुहुन्छ भनेर प्रधानमन्त्री प्रचण्ड समक्ष जिज्ञासा राखेका थिए ।

जवाफमा उनले भने, “विश्वासको मत अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पछाडि । मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैदेखि सुरु हुन्छ ।” साथै उनले अहिलेको गठबन्धनको आयु पाँच वर्ष रहने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077