Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकपमा छनोट भएपछि प्रधानमन्त्री प्रचण्डद्धारा यू–१९ टिमको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली यू–१९ टिमको प्रशंसा गरेका छन् ।

यूएईलाई पराजित गर्दै अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गरेपछि समाजिक सञ्जालमार्फत बधाई तथा प्रशंसा गरेका हुन् ।

बिहीबार साँझ यूएईलाई सात रनले पराजित गर्दै नेपाली यू–१९ टिम विश्वकपमा छनोट भएको छ ।

प्रधानमन्त्री प्रचण्डले फेसबुकमा लेखेका छन्, 'श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077