Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - सुशासन र समृद्धिमा जोड दिउँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरू तथा मन्त्रालयका सचिव सहितको टोलीसँग बिहिबार भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेश गर्न प्राध्यापक डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्व सचिव र बिज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ । सोही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेको हो ।

‘सुशासन, सामाजिक न्याय र समृद्धि सजिलो छैन’ रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री प्रचण्डले भने -‘तर त्यसलाई कायम नगरी अगाडि बढ्नै सकिँदैन ।'

प्रधानमन्त्रीले कार्यदलबाट ठोस र गहकिलो सुझावको अपेक्षा गरिएको बताए । कार्यदलका सदस्य सचिव अर्जुनप्रसाद अर्यालले कार्यदलले सुझावका लागि हालसम्म गरेका र अब गर्ने प्रक्रियागत कामबारे विस्तारमा ‘रिपोर्टिङ’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077