भोजपुर । भोजपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
बिहीबार जिल्लाको षडानन्द नगरपालिका–१२ तिप्लेका १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार चट्याङ लागेर घाइते भएका सरोजलाई तुम्लिङटार अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको छ ।
यस्तै चट्याङ लागेर स्थानीय २५ वर्षीय प्रदीप भुजेल घाइते भएका छन् ।