Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसीको पारिवारिक व्यवसायमा आक्रमण

एजेन्सी । लियोनेल मेसीको परिवारले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा दुई व्यक्तिले जथाभावी गोली प्रहार गरेका छन्।

अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित रोजारियोमा रहेको सुपरमार्केटमा बिहिबार मोटरसाइकलमा आएका दुई जनाले जथाभावी गोली प्रहार गरेका हुन्।

आक्रमणकारीले अर्जेन्टिनी कप्तान एवं सात पटक विश्व वर्ष खेलाडी ३५ वर्षीय मेसीलाई एउटा धम्कीपूर्ण पत्रसमेत छोडेका छन्।

आक्रमणकारीले हातले लेखिएको पत्रमा भनिएको छ, ‘मेसी, हामी तिम्रो लागि पर्खिरहेका छौं, यहाँका मेयर जाभकिन पनि लागूऔषध तस्कर हो, त्यसैले उसले तिम्रो सुरक्षा र हेरचाह गर्नसक्दैन । ’

आक्रमणपछि मेयर जाभकिनले संगठित अपराध न्यूनिकरणका लागि सुरक्षा निकायहरू असफल भएको भन्दै आक्रोश पोखेका छन्।

उनले पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण बन्दरगाह सहरमा यस्तो अपराधिक घटना बढिरहेकोमा सचेत हुन आग्रहसमेत गरे। आक्रमण भएको भवनको अगाडि १४ वटा गोली लागेको छ। घटनापछि सुपरमार्केट बन्द छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077