Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलको महाप्रवन्धकमा तिवारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिइएको हो।

एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका हंश राज पाण्डेलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ ।

तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा उपमहानिर्देशक थिए। यहाँ देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।

हंशराज भने यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए। उनीहरूलाई शुक्रबार सरकारले उक्त जिम्मेवारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077