Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ब्याजदर घटाउन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

धनगढी । बैंकको ब्याजदर घटाउन माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि व्यापारीहरुले धर्ना दिएका छन् ।

व्यापारीहरु बिहान ११ बजे सम्म व्यापार बन्द गरेर धर्नामा उत्रिएका हुन् ।

बैंकहरुले चर्को ब्याज लिएर कानून उल्लंघन जारी राखेको भन्दै कारबाही गर्न र ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीले धनगढी चौराहदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रदर्शन गरेका हुन् ।

भोलिबाट थप आन्दोलन सशक्त पारिने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ । पछिल्लो समय देशका धेरै जिल्लामा लघुवित्त तथा वैंकहरुले मारमा पर्ने गरी ब्याज असुलेको भन्दै विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077