Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनमा भोट माग्दै एमाले नेता लोसपा कार्यालयमा

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालयमा पुगेका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई पार्टी कार्यालयमै पुगेर भेटेर नेम्वाङले राष्ट्रपतिमा सहयोग मागेका हुन् ।

नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता गएका थिए ।

२५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि नेम्वाङले बिहीबारदेखि भोट माग्ने अभियान थालेका छन् ।

उनले हिजो नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग सहयोग मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077