Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन सुदूरपश्चिममा अभिमुखीकरण सुरु

कैलाली । केन्द्रमा रहेका आठ दलले राष्ट्रपतिको साझा उम्मेदवार बनाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको अभिमुखीकरण सुरु भएको छ ।

कांग्रेस, माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरू उपस्थितमा कैलालीको गोदावरीस्थित शालिनी बाटिकामा सत्ता गठबन्धनको ४ दलका सांसदहरूलाई प्रशिक्षण भइरहेको छ।

यसअघि आठ दलले संघीय राजधानी काठमाडौंमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो।

यही फागुन २५ गते हुने निर्वाचनका लागि एमालेका तर्फबाट भने उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077