Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिके राउतले भने- नेम्वाङलाई मत हाल्नेबारे पार्टीमा छलफल गर्छौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिने नदिनेबार पार्टीको बैठक राखेर निर्णय लिने बताएका छन् ।

एमाले नेताहरुको टोलीसँग भेटवार्ता गरिसकेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष राउतले भने, ‘हामीले पार्टीमा बैठक राखेर छलफल पछि मात्रै निर्णयमा पुग्छौँ भनेका छौँ ।’

२५ फागुनमा हुने निर्वाचनमा नेम्वाङलाई जिताउन एमाले नेताहरु पार्टीका शीर्ष नेताहरुसँग मत माग्ने क्रममा छ ।

नेम्वाङले आजै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेबाट नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077