Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक

    सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक

    प्रतियोगिताको तयारी पुरा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 699
    SHARES

    कञ्चनपुर । शनिबारबाट सुरु हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । लालझाडी युवा क्लब ११ पुनर्वासको आयोजनामा भोलिबाट सुरु हुन लागेको मोहन गुरुङ स्मृति वडा अध्यक्ष सातौँ लालझाडी कपको तयारी पुरा भएको शुक्रबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

    कोरोना लगायतका कारण केही वर्ष रोकिएको लालझाडी कप यस वर्षबाट फेरि निरन्तर रूपमा हुने क्लबका अध्यक्ष काशीराम बोहराले बताए । यस्तै प्रतियोगिताको खेल तालिका (टाईसिट) र आयोजक लालझाडी युवा क्लब ११ को जर्सी पनि सार्वजनिक गरिएको छ ।



    फागुन ३० गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको मुख्य प्रायोजकमा पुनर्वास नगरपालिका वडा नम्बर १० रहेको छ भने सह प्रयोजकमा श्री चन्द्र सूर्य इँटा उद्योग पुनर्वास १० रहेको छ ।



    यस्तै प्रतियोगिताको संरक्षकमा पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका कञ्चनपुर जिल्ला फुटबल सङ्घ रहेको छ । ड्रिम एजुकेशन कन्सल्टेन्सी सेन्टर धनगढीले म्यान अफ द म्याचको पुरस्कार प्रदान गर्ने भएको छ । यस्तै उत्कृष्ट खेलाडी प्रायोजकमा सुदूरपश्चिम फुटबल एकेडेमी पुर्नवास,उत्कृष्ट फरवार्ड प्रायोजकमा एमबीएल स्टिल एण्ड आल्मुनियम उद्योग धनगढी,उत्कृष्ट मिड फिल्डरको प्रायोजकमा एबीडी निमार्ण सेवा धनगढी रहेको छ ।

    यस्तै रिदम फलसिलिङ डेकोरेसन हाउस धनगढीले उत्कृष्ट डिफेन्सको पुरस्कार दिनेछ भने डी एण्ड डी ट्रेड एण्ड कनर्स उत्कृष्ट गोल रक्षकको प्रायोजकमा जोडिएको छ । प्रतियोगिताको सर्वाधिक गोल कर्ता प्रायोजकमा श्री विजय मावि पुनर्वास १०,उदयीमान खेलाडी श्री फारवेष्ट ईन्टरनेशनल स्कुल पुनर्वास १० रहेको छ ।

    बैङ्किङ पार्टनरमा माछापुच्छ्रे बैक पुनर्वास ३ कञ्चनपुर जोडिएको छ भने हस्पिटल पार्टनरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी र मिडिया पार्टनरमा नागरिक आवाज अनलाइन जोडिएको छ ।

    प्रतियोगितामा १६ टीमको सहभागिता रहनेको सो प्रतियोगिताको विजेताले प्रतियोगिताको विजेताले दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी र दृतिय हुनेले नगद एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाउने क्लबका अध्यक्ष बोहराले जानकारी दिए ।

    यस्तै उत्कृष्ट खेलाडीलाईलाई दश हजार,उत्कृष्ट फरवार्ड ,उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता, र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच र पाँच हजार प्रदान गरिने छ भने प्रत्येक म्याचको म्यान अफ द म्याचलाई एक हजार एक सय दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापाले गर्ने कार्यक्रम तय भएको छ ।

    यस्तो छ टाईसिट :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार