Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सर्वाधिक धनराशिको सातौँ लालझाडी कप फुटबल प्रतियोगिता हुँदै

    सर्वाधिक धनराशिको सातौँ लालझाडी कप फुटबल प्रतियोगिता हुँदै

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 702
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा सातौँ लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

    लालझाडी युवा क्लब ११ को आयोजनामा फागुन २० गतेदेखि मोहन गुरुङ स्मृती सातौँ लालझाडी कप फुटबल प्रतियोगिता हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी दिएको हो ।



    कोरोना लगायतका कारण केही वर्ष रोकिएको लालझाडी कप यस वर्षबाट फेरि निरन्तर रूपमा हुने क्लबका अध्यक्ष काशीराम बोहराले बताए ।



    फागुन ३० गते सम्म सञ्चालन हुने सो प्रतियोगिता कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्तरीय हुनेछ । प्रतियोगितामा १६ टीमको सहभागिता रहने सो प्रतियोगिता एन्फा रेर्फीद्धारा खेलाइने छ ।

    प्रतियोगिताको विजेताले दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी र दृतिय हुनेले नगद एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाउने प्रतियोगिताका संयोजक अमित विकले जानकारी दिए ।

    यस्तै उत्कृष्ट खेलाडीलाईलाई दश हजार,उत्कृष्ट फरवार्ड ,उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता, र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच रपाँच हजार प्रदान गरिने छ भने प्रत्येक म्याचको म्यान अफ द म्याचलाई एक हजार एक सय दिइने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको इन्ट्री फी दश हजार तोकिएको छ । प्रतियोगिता क्लबको खेलमैदान पुर्नवास १० भिमबस्तीमा हुने क्लबका महासचिव हर्क दानपालीले जानकारी दिए । क्लबले सामाजिक कार्य गर्दै आइरहेको छ ।

    वार्षिक कार्यक्रम मार्फत यस अघि साबिक बाइसी बिचुवा अन्तर्गतका सामुदायिक विद्यालय अंलकार आधारभूत विद्यालय,पशुपति आधारभूत विद्यालय,नवदोय आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयका कक्षा एकमा अध्ययनरत एक सय पाँच जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिसकेको छ ।

    यस्तै क्लबले सहिद दिवसको अवसरमा माघ १५ गते पाँचौँ लालझाडी कप विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ पनि सम्पन्न गरिसकेको छ ।

    यस्तै लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गामा रहेको स्वास्थ्य केन्द्र भवनमा माघ २१ गते निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिसकेको छ । सो स्वास्थ्य शिविरमा ८ सय भन्दा बढी नागरिक लाभान्वित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार