Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कञ्चनपुरमा जुवाको खालबाट ४२ जना पक्राउ

    कञ्चनपुरमा जुवाको खालबाट ४२ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 699
    SHARES

    कञ्चनपुर । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ।

    प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। सोमबार राति २ बजे विशेष सुराकीका आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो।



    आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी तीन लाख पाँच हजार भन्दा बढी नगद रकमसमेत बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।



    जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट दुई लाख ५८ हजार नगद बरामद गरिएको छ।

    त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको छ। यस्तै बेलौरीबाट २२ हजार नगदसहित आठलाई नियन्त्रणमा लिइएको छ।

    प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार