Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जुवा खेलिरहेको अवस्थामा सुर्खेतबाट २७ जना पक्राउ

    जुवा खेलिरहेको अवस्थामा सुर्खेतबाट २७ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 711
    SHARES

    फाइल तस्विर

    सुर्खेत । जुवा खेलिरहेको अवस्थामा सुर्खेत प्रहरीले २७ जनालाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले चौकुने गाउँपालिकाबाट २ लाख २८ हजार ७ सय नगदसहित २७ जनालाई पक्राउ गरेको हो ।



    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोलीले चौकुने गाउँपालिका- ६ मा जुवा खेलिरहेका उनीहरूलाई आइतबार राती १ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    पक्राउ परेका सबै जनालाई वीरेन्द्रनगर ल्याईएको छ । पक्राउ परेकाहरुको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार