Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौँमा जुवाको खालबाट १० जना पक्राउ

    काठमाडौँमा जुवाको खालबाट १० जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 579
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीले काठमाडौँबाट जुवा खेलिरहेको आरोपमा १० जनालाई पक्राउ गरेको छ।

    काठमाडौँ महानगरपालिका–१३ तहाचलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।



    काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भवनमा रहेको हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो।



    प्रहरी वृत्त कालीमाटीबाट गएको प्रहरीले उनीहरुको साथबाट ५५ हजार तीन सय नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक बुक तास बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार