Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ललितपुरमा जुवा–तास खेल्दै गरेका १० जना पक्राउ

    ललितपुरमा जुवा–तास खेल्दै गरेका १० जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जुवा–तास खेल्दै गरेको अवस्थामा ललितपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

    ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ महिला र ३ पुरुषलाई पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार उनीहरुबाट १ लाख ३० हजार ४२० रुपैयाँ नगद बरामद भएको छ।



    यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ।

    उनीहरुबाट ३४ हजार १४० रुपैयाँ नगद बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

    काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ।

    नेपालगञ्ज र बुटवलबाट काठमाडौं आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार