Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महिलाको हत्या गरी गरगहना लुटपाटमा संलग्न ६ जना पक्राउ

    महिलाको हत्या गरी गरगहना लुटपाटमा संलग्न ६ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 1.3K
    SHARES

    कञ्चनपुर। कञ्चनपुरमा सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएकी महिलाको हत्या भएको छ ।

    मृत भेटिएकी जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको खुलेको हो ।



    जोशीको हत्यामा संलग्नसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।



    महिलाको हत्या गरेर उनले कान र नाकमा लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा सोही ठाउँ बस्ने महेश डगौरासहितका ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    पक्राउ पर्नेमा डगौरालाई लुटिएका गहना बिक्रि गर्न सहयोग गर्ने डगौराका साथी धनगढी उपमहानगरपालिका-१३ बस्ने लक्ष्मण चौधरी, निरज भट्ट तथा बिल नभएरसुन खरिद गर्ने दिया सुनचाँदी पसलका खगेन्द्र बहादुर सोव, बर्दादेवी ज्वैलर्सका ईन्द्र बराल सुनार र सुजल सुनचाँदी पसलका दिपेन्द्र सिजापती रहेका छन् ।

    जोशीको हत्या गरिसकेपछि मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुलि निकालेर धनगढी गएका थिए ।

    धनगढीमा बस्ने साथीहरुको सहयोगमा लुटपाट गरिएको सुन बिक्री गरेर नेपालगञ्ज, मुम्बई हुँदै बैंलोरसम्म गएर ३० कात्तिकमा फेरि धनगढी फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार