Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • युवतीको सामूहिक हत्या आरोपमा कञ्चनपुरबाट चार जना पक्राउ

    युवतीको सामूहिक हत्या आरोपमा कञ्चनपुरबाट चार जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 2K
    SHARES

    संकेतिक तस्विर

    कञ्चनपुर। कञ्चनपुरमा युवतीको सामूहिक हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बेलौरी नगरपालीका–१ बस्ने २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउपालिका–१ नौरङगा बस्ने ३३ वर्षीय सेनराज राना, ३३ वर्षीय पर्शु राना रहेका छन् । हत्या संलग्न भनिएका लालझाडीका ३० वर्षीय राजकुमार राना फरार छन् ।



    उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको पुनर्वास नगरपालिका–३ को आईबिआरडि बजार बस्ने २७ वर्षीया लक्ष्मी घर्तीको हत्या अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।



    भदौ ३० गते आईबीआरडी बजार तर्फ जाने सडकमा वेवारिसे अवस्थामा घर्ती मृत भेटिएकी थिईन् । शव परीक्षणका क्रममा टाउको, दाहिने कान लगायत शरीरमा चोट देखिएपछि प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान थालेको थियो ।

    लक्ष्मीको हत्यामा संलग्न भएका पाँच मध्ये पक्राउ परेका चार जनालाई अदालतबाट ५ दिनको म्याद थपेर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने फरार रहेका राजकुमार रानाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार