Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘आठौँ लालझाडी कप फुटबल प्रतियोगिता’ कात्तिक १५ देखि

    ‘आठौँ लालझाडी कप फुटबल प्रतियोगिता’ कात्तिक १५ देखि

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 543
    SHARES

    कञ्चनपुर । कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार रहेको ‘आठौँ लालझाडी कप फुटबल प्रतियोगिता २०८०’ कात्तिक १५ गतेबाट सुरु हुने भएको छ । आइतबार आयोजक लालझाडी युवा क्लब ११ ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

    कात्तिक २५ गतेसम्म सञ्चालन हुने मोहन स्मृति गुरुङ आठौँ लालझाडी कप फुटबल प्रतियोगिताको आइतबार ट्रफी पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार ,उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार पाउने क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिए ।



    उनका अनुसार उत्कृष्ट फर्वाड,उत्कृष्ट मिडपिल्डर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय प्राप्त गर्नेछन् ।



    यस वर्ष प्रतियोगितालाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले मुख्य प्रवर्धक रहेर साथ दिनेछ भने सह प्रवर्धकमा पुनर्वास नगरपालिका १० नम्बर वडा रहेको छ । सुरुवाती चरणमा खसी बोका बाट पुरस्कार सुरु गरेको यस प्रतियोगिताले अहिले कञ्चनपुरकै सर्वाधिक धनराशिको बन्न पुगेको क्लबले जनाएको छ ।

    आठौँ लालझाडी कपमा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा कञ्चनपुर जिल्ला भित्रका क्लबहरूले मात्र इन्ट्री पाउनेछन् भने प्रत्येक टिमले चार जना खेलाडीहरू जिल्ला बाहिरबाट पनि खेलाउन पाउने अध्यक्ष बोहराले जानकारी दिए । अझै विकसित गरेर आगामी वर्षमा प्रदेश स्तरीय बनाउने सोच रहेको उनको भनाई थियो ।

    प्रतियोगितामा सहभागिताको लागी प्रवेश शुल्क १० हजार तोकेको छ । इन्ट्री गर्ने समय कात्तिक १२ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दीपक सिंहले क्लबले गरेको कायले क्लबलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले यस वर्ष मुख्य प्रवर्धकको रुपमा रहेर साथ दिएको बताए ।

    उनले आगामी वर्षहरूमा क्लबको मूल्याङ्कन हेरी सहयोग गर्न सकिने समेत बताए । यस्तै उनले क्लबले खेलाडी उत्पादन गरेकोको धन्यवाद समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार