Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्डोनेसियाको एक इन्धन डिपोमा आगलागी : १७ जनाको मृत्यु, ५० बढी घाइते

एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा इन्धन भण्डारण डिपोमा आगलागी भएको छ । आगलागीमा परेर दुई बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

घटनामा ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अघिकांश घाइतेहरुको शरीरका विभिन्न भाग जलेको अधिकारीहरुले बताएका छन् ।

शुक्रबार इन्डोनेसियाको राज्य उर्जा कम्पनी पर्टामिनाद्वारा सञ्चालित इन्धन भण्डारण स्टेशनमा आगलागी भएपछि नजिकै रहेको आवास क्षेत्रमा आगो फैलिएको थियो । उत्तरी जकार्ताको तानाह मेराह नजिकैको घना बस्तीमा आगो फैलिएको हो ।

आगो नियन्त्रण गर्नका लागि सेना, प्रहरी र स्थानीय सर्वसाधारण खटिएको त्यहाँको सरकारले जनाएको छ । आगलागी सुरु भएसँगै आवास क्षेत्रमा रहेका सर्वसाधारणलाई घर बाहिर निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077