Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।

व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरे ।

अभियानले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषयमा १३ बुँदे अपिल गरेको छ।

पदर्शनकारीहरूले राजा आऊ देश बचाउँ, संघीयता खारेज गर्, हिन्दु राज्‍य जिन्दावाद जस्ता नाराहरू लगाएका थिए। प्रदर्शनलाई लिएर बानेश्वर माइतीघर क्षेत्रको सुरक्षा व्‍यवस्था बिहानैदेखि कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077