Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माधव नेपाललक्षित ओलीको कटाक्ष - राष्ट्रपति खानु भन्दा कांग्रेसलाई सोध्न गए, हेर बुद्धि !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्दा माधव नेपालले कांग्रेससँग सोध्न गएको बताएका छन्।

एमालेनिकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपति खानु भन्दाखेरी कांग्रेसलाई सोधेर आउँछु भनेर रामचन्द्र पौडेलकहाँ सोध्न गए- रामचन्द्रले होइन मलाई नै चाहिन्छ भने।

आठ दलको बैठकमा नेपालले मलाई केपी कमरेडले भेट्नुभयो। कुरा राम्रो छ, राष्ट्रको बारेमा चिन्ता गर्नुभयो भनेर लामै बोल्नुभयो।

बैठकमै लामो कुरा नगर्नुस् न, राष्ट्रपतिमा हामी एक जुट भएर जानुपर्‍यो नि भन्दा हैन त्यो त रामचन्द्र जीलाई छँदैछ नि। त्यसमा त म सहमत नै छु रे। हेर बुद्धि!’

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै व्यंग्य गरे। उनले आठ दलको विचार, दिशा नभएको पनि बताए। एमालेलाई प्रमुख पार्टी बनाउन नहुने भन्दै आठ दलमा छलफल भएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077