Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेविसंघ संस्थापन पक्षबाट कुटिएका नेतालाई भेट्न अस्पतालमा पुगे शेखर कोइराला

काठमाडौं । कीर्तिपुरमा नेविसंघको संस्थापन पक्षबाट कुटिएर घाइते भएका नेता शिव रिमाललाई अस्पतालमा भेटेर कांग्रेस नेता डा.शेखर कोइरालाले स्वास्थ्य लाभको कामना गरेका छन् ।

डा. शेखर कोइरालासहित नेविसंघका पूर्व अध्यक्ष रन्जित कर्ण र महामन्त्री मनोजमणि आचार्यलगायतका नेताले रिमाललाई भेटेर घटनाका दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

घाइते रिमालको बल्खुस्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।

नेविसंघका पूर्व कोषाध्यक्ष रिमाल, नेविसंघ त्रिविका पूर्वअध्यक्ष हरि आचार्यलाई अध्यक्ष दोजाङ शेर्पाको निर्देशनमा अराजक समूहले सांघातिक आक्रमण गरी घाइते बनाएको आरोप संस्थापन इतर पक्षले लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077