Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विश्वासकाे मत माग्दै शाहले भने– साझा प्रतिनिधिका रुपमा काम गर्नेछु

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफू सबैको साझा मुख्यमन्त्रीको रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् ।

प्रदेश संसदमा विश्वासको मत लिने क्रममा संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

उनले सत्तापक्ष र विपक्षीका सांसदहरुलाई आफूलाई मतदान गर्न अपिल गरे।

प्रदेश र संघीयताका बारेमा आएका नकारात्मक कुरालाई निस्तेज पार्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने अठोट पनि गरे।

अहिले विश्वासको मत पाऊँ भनेर मुख्यमन्त्री शाहले राखेको प्रस्तावमा मतदान गर्ने कार्यक्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077