Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • विश्वासकाे मत माग्दै शाहले भने– साझा प्रतिनिधिका रुपमा काम गर्नेछु

    विश्वासकाे मत माग्दै शाहले भने– साझा प्रतिनिधिका रुपमा काम गर्नेछु

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 684
    SHARES

    कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफू सबैको साझा मुख्यमन्त्रीको रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् ।

    प्रदेश संसदमा विश्वासको मत लिने क्रममा संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।



    उनले सत्तापक्ष र विपक्षीका सांसदहरुलाई आफूलाई मतदान गर्न अपिल गरे।

    प्रदेश र संघीयताका बारेमा आएका नकारात्मक कुरालाई निस्तेज पार्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने अठोट पनि गरे।

    अहिले विश्वासको मत पाऊँ भनेर मुख्यमन्त्री शाहले राखेको प्रस्तावमा मतदान गर्ने कार्यक्रम सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार