Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बस ‘ब्याक’ गर्दा किचेर बारामा एक जनाको मृत्यु

वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको हो ।

आइतबार मध्यान्न १२ बजे बुद्धचोकमा वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० को बस ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो ।

बसले किच्दा घाइते भएका मियालाई सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जको गण्डक हेल्थकेयर अस्पतालमा लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

बसका चालक सिरहाका ४२ वर्षीय ललन कुमार दास र बसलाई इलाका प्रहरी कार्यालय निजगढमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077