Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मिटरब्याजी परदेशीलाई ५ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । सर्लाहीका मिटरब्याजी श्यामकृष्ण शाह (श्याम परदेशी)लाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने विशेष अदालतले आदेश गरेको छ ।

श्रीकान्त पौडेल, सालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले आइतबार उक्त आदेश गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेपछि परदेशी अदालतमा हाजिर भएका थिए । त्यसपछि अदाललते थुनछेक आदेश सुनाएको हो ।

विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६ सय ५८ र उनकी श्रीमती मञ्जु देवीविरुद्ध ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077