Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु

रूपन्देही । रुपन्देहीमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

आइतबार बुटवल उपमहानगरपालिका– ६ पुरानो बसपार्क बस्ने ६५ वर्षीय धनै मल्लाहको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।

घरबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077