Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुस रकमसहित सशस्त्रका सहायक हवलदार सेन पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित रुपन्देहीको बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवलदारलाई पक्राउ गरेको छ ।

अख्तियारले सशस्त्र प्रहरी सहायक हवलदार नगेन्द्र सेनलाई २० हजार घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेनलाई अख्तियारको टोलीले रुपन्देहीको गैडहवा गाउँपालिका ३ मंगलपुरबाट पक्राउ गरेको हो ।

सेनलाई अख्तियारको टोलीले रुपन्देहीको गैडहवा गाउँपालिका ३ मंगलपुरबाट पक्राउ गरेको हो ।

उनले टयाक्ट्ररमा माटो ओसारपसार गर्ने दिनको लागि घुस लिएको प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077