Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले समय अगावै निर्वाचनका लागि सरकारलाई दबाब दिइरहेका बेला प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ ।

गत फेब्रुअरी २८ मा भ्रष्टाचारको मुद्दामा खान अदालतमा उपस्थित नभएपछि उनीहरुविरूद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । खानमाथि आफ्नो कार्यकालमा प्राप्त उपहार वा त्यसलाई बेचेर कमाएको लाभको विवरण दिन नसकेको आरोप लागेको छ ।

राजधानी इस्लामावादका प्रहरी अधिकारीहरू लाहोरस्थित पूर्वप्रधानमन्त्री खानको घरमा पुगे पनि सयौं समर्थकहरूले घेरेपछि उनलाई पक्राउ नगरी प्रहरी फिर्ता भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार पूर्व प्रधानमन्त्री खान प्रहरीसँग आत्मसमर्पण नगरेपछि पाकिस्तानी प्रहरीका एक प्रहरी उपरीक्षकको कमाण्डमा उनको कोठामा गएका थिए । तर, इमरान खान त्यहाँ नभेटिएपछि प्रहरी फिर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077