Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रामेछापमा जन्ती सवार जिप दुर्घटना हुँदा १५ जना घाइते

रामेछाप । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका स्थित गुन्सालमा जन्ती बोकेको बोलेरो दुर्घटना भएको छ ।

दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर–५ बाट वडा नम्बर–६ तर्फ जाँदै गरेको बा.८च ७२७३ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएका छन् भने घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते सबैलाई उपचारका लागि एम्बुलेन्सबाट राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।

प्रहरीका अनुसार टोकरपुरको रजमानटारबाट जन्ती बोकेर गुन्सालको उकालो जाँदै गरेको बलेरो पछाडि सर्दै सडकमा पल्टिएको हो ।

जिप खैरखोला भित्री कच्ची सडक खण्डमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । जिप चालक प्रहरीको सम्पर्कमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077