Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ।

खाना पकाउने ग्यास लिक भएपछि भएको आगलागीबाट घाइते भएका डा.भण्डारीको स्वास्थ्य सामान्य हुँदै गएको हो।

भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरू सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरू र अस्पताल प्रशासनले सांसद भण्डारीलाई भेटघाट गर्न परिवारका सदस्यबाहेक अरूलाई भने दिएका छैनन्।

भण्डारीको उपचारमा सहयोग गर्नका लागि उनका दाइ मिन प्रसाद भण्डारी मुम्बईमा छन्। उनले उपलब्ध गराएको जानकारी अनुसार डा। भण्डारीलाई ज्वरो आएको छैन र आज ड्रेसिङ गरिनेछ।

ग्यास लिक भएपछि भएको आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077