Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

    कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 975
    SHARES

    काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ।

    खाना पकाउने ग्यास लिक भएपछि भएको आगलागीबाट घाइते भएका डा.भण्डारीको स्वास्थ्य सामान्य हुँदै गएको हो।



    भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरू सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरू र अस्पताल प्रशासनले सांसद भण्डारीलाई भेटघाट गर्न परिवारका सदस्यबाहेक अरूलाई भने दिएका छैनन्।

    भण्डारीको उपचारमा सहयोग गर्नका लागि उनका दाइ मिन प्रसाद भण्डारी मुम्बईमा छन्। उनले उपलब्ध गराएको जानकारी अनुसार डा। भण्डारीलाई ज्वरो आएको छैन र आज ड्रेसिङ गरिनेछ।

    ग्यास लिक भएपछि भएको आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार