Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताएका छन् ।

मुख्यमन्त्रीको गृहनगर कैलाली जिल्लाको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगरसमितिले आयोजना गरेको नेता तथा कार्यकर्तासँग मुख्यमन्त्रीको भेटघाट एवं बधाई कार्यक्रममा उनले संघीयतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

अहिले जनप्रतिनिधिको गतिविधिका कारण संघीय संरचनाप्रति नै जनताको विश्वास घट्दै गएको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, ‘हिजो जिम्मेवारीमा नरहँदा पनि म तपाईँहरूसँगै थिए, आज पनि तपाईँहरूको साथमा छु ।

भोलि पनि तपाईँसँगै रहनेछु ।’ बौनियामा एक कार्यक्रममा आफू सहभागी हुँदा एक बूढी आमाले माटो समाएर टीका लगाउँदै बधाई दिएको स्मरण गर्दै मुख्यमन्त्री शाहले यो धर्तीको माटोलाई शिरमा राख्दै समग्र सुदूरपश्चिमको पक्षमा आफू सशक्तरूपमा अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077