Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपतिका रुपमा भण्डारीले अत्यन्त निष्पक्ष ढंगले काम गरेको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रुपमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले अत्यन्त निष्पक्ष भूमिका निर्वाह गरेको बताएका छन् ।

एमालेले राष्ट्रपति निर्वाचनका लागि संघीय तथा प्रदेशका सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

उनले भण्डारीले राष्ट्रपतिको अत्यन्त ओजनदार, निष्पक्ष, महत्वपूर्ण अभिभावकीय भूमिकाको राष्ट्रपतिको हैसियतमा निष्पक्ष ढंगले काम गरेको दाबी गरे ।

राष्ट्रपति भण्डारीको आलोचना स्वार्थअनुसार काम नभएपछि हुने गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077