काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार सुनको मूल्य घटेर तोलाको एक लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सनको मूल्य घटेर तोलाको एक लाख २ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।