Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यागमन विभागले भन्यो- रवि लामिछानेले ‘दोहोरो राहदानी दुरुपयोग’ गरेको भेटिएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लोपटक लिएको राहदानी प्रयोग गरेर विदेश गएको नभेटिएको अध्यागमन विभागले सरकारी वकिलको कार्यालयलाई जवाफ दिएको छ ।

लामिछानेसँग दोहोरो राहदानी रहेको र अमेरिकी नागरिकता त्याग गरेपछिमात्रै नेपाली राहदानी प्रयोग गरेको हुँदा त्यसलाई दुरुपयोग भन्न नमिल्ने निष्कर्ष विभागको रहेको स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले माघ १३ गते नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरेको थियो ।

सांसद पद खारेज भए लगत्तै लामिछानेले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी माघ १५ गते नै जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकता पुनः प्राप्त गरेका थिए ।

नागरिकता पुनः प्राप्त गरेकै दिन लामिछानेले अमेरिकी नागरिक रहँदै प्राप्त गरेको नेपाली राहदानी, राहदानी विभागमै बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077