Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । पछाडि सवार १ जना घाइते भएकी छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका ५ का ४२ वर्षीय मधुकर बाला रहेका छन् ।

गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा गएराति मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य एक महिलाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077