काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको र उक्त बैठकले बृहत्तर हितबारे निर्णय लिने बताए।
उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बुधबार दिउँसो १ बजे बैठक बोलाइएको छ । हामी सबै विकल्पमा खुला छौँ, पार्टीको बृहत्तर हितलाई ध्यान दिएर निर्णय गर्छौँ ।’
राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।