Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विशेष अदालतको फैसला चित्त नबुझेपछि चार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका चार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानी,सार्वजनिक सम्पत्ती हानिनोक्सानी,राजश्व हिनामिना र गलत लिखतसम्बन्धी गरी चार मुद्दामा आयोगको निर्णयअनुसार मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो।

विशेष अदालतको फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता देवीप्रसाद थपलियाले बताए।

दिनेश अर्याल,दीपिका रेग्मी,डोमा शेर्पा र कृष्णकुमार नेपालविरुद्ध मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो।

कृषि विकाश बैंक घोटाला गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । कृषि विकाश बैंकको मुख्य शाखा कार्यालय न्युरोडबाट दीपिका रेग्मी समेतले सङ्गठित रूपमा अनधिकृत तरिकाले रकम निकालेर हिनामिना गरेको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा विशेष अदालतले दीपिका रेग्मीलाई ८ वर्ष कैद र ३ करोड ९२ लाख ४४ हजार जरिवाना र रमेशराज विष्टलाई ४ वर्ष कैद र ३१ लाख ६८ हजार जरिवाना ठहर गरेको थियो । अन्य प्रतिवादीलाई सफाइ दिएपछि आयोगले मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077