Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय फुटबल टीमका मिडफिल्डर डाँगीलाई उत्कृष्ट युवा खेलाडी अवार्ड

    राष्ट्रिय फुटबल टीमका मिडफिल्डर डाँगीलाई उत्कृष्ट युवा खेलाडी अवार्ड

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 438
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मिडफिल्डर मनिष डाँगी २०७८ को वर्ष उत्कृष्ट यवा खेलाडी घोषित भएका छन् ।

    नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट यवा खेलाडीको अवार्ड डाँगीले पाएका हुन् ।



    मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको वर्ष युवा खेलाडीको घोषणामा राष्ट्रिय टीमका मिडफिल्डर मनिषले बाँकी चार खेलाडीलाई पछि पारे ।



    उनले युवा खेलाडीको मनोनयनमा परेका फुटबलकै प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनका रसिला महर्जन र भलिबलका उषा भण्डारी पछि पार्दै युवा वर्ष खेलाडीको अवार्ड जिते ।

    युवा वर्ष खेलाडी चुनिएका उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे । डांगीले अन्तर्राष्ट्रिय फुटबल ‘डेब्यु’मा एसियाकै ‘हेभीवेट’ इराकविरुद्ध दर्शनीय गोल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार