Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अग्रज खेल पत्रकार जयदेव र युवा पत्रकार गीता राई सम्मानित

    अग्रज खेल पत्रकार जयदेव र युवा पत्रकार गीता राई सम्मानित

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 675
    SHARES

    काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) को २७औं स्थापना दिवसको अवसरमा एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम र सुमन बम्जन युवा पत्रकारिताबाट गीता राई सम्मानित भएका छन् ।

    मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १/१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७औँ स्थापना दिवस मनाउने क्रममा मञ्चले समान एक जना अग्रज र युवा खेल पत्रकारलाई सम्मान गरिएको हो ।



    जयदेवलाई नगद २५ हजार रुपैयाँ र युवा पत्रकार गीतालाई एक थान ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।



    सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी(एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार