Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी नगदसहित सम्मानित

    राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी नगदसहित सम्मानित

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 693
    SHARES

    बुटवल । राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद राशीसहित सम्मान गरेको छ ।

    नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो ।



    आईसीसी विश्वकप लिग टूमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै कुशल भुर्तेल तथा राष्ट्रिय टिममा परेकोमा श्याम (मौसम) ढकाललाई सम्मान गरिएको हो ।



    उनीहरुलाई तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरीसहितले सम्मान गरे ।

    ८ बर्ष पछि यू-१९ विश्वकपमा नेपाललाई पुर्याउन महत्वपूर्ण योगदान दिने टोलीका क्याप्टेन देव खनाललाई समेत नगरपालिकाले सम्मान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार