Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ‘क्यान’का अध्यक्ष चन्दलाई प्रधानमन्त्री देउवाको फोन: खेलाडी कारवाही के हो ?

    ‘क्यान’का अध्यक्ष चन्दलाई प्रधानमन्त्री देउवाको फोन: खेलाडी कारवाही के हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरुलाई गरेको कारवाहीका विषयमा चासो प्रकट गरेका छन् ।

    बालुवाटार स्रोतका अनुसार शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर खेलाडीलाई कारवाही गरेको विषय के हो ? भनेर प्रश्न गरेका थिए ।



    ‘क्यानले के गरेको हो यो ? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुस् है’, प्रधानमन्त्री देउवाको भनाइ उधृत गर्दै उनको सचिवालयले भन्यो।



    यसअघि गत बुधबार क्यानको बोर्ड बैठकले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो ।

    मल्लको पदमुक्तपछि क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “‘क्यान’का अध्यक्ष चन्दलाई प्रधानमन्त्री देउवाको फोन: खेलाडी कारवाही के हो ?”

    1. […] ध्यानकर्षणपछि प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार