Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चार क्रिकेटरले पत्रकार सम्मेलन गर्दै भने- ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्

    चार क्रिकेटरले पत्रकार सम्मेलन गर्दै भने- ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को कारवाहीमा परेका चार जना क्रिकेटरले आफूहरुमाथि कारबाही गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

    शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै क्रिकेटरहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले अभिभावकीय भूमिका खेल्न र निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।



    ‘हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्,’ पत्रकार सम्मेलनमा उनीहरुले भने।



    यसअघि गत बुधबार क्यानको बोर्ड बैठकले राष्ट्रिय टोलीका क्रिकेटरहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई पदमुक्त गरेको थियो ।

    मल्लको पदमुक्तपछि क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो।

    यसैबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष प्रचण्डले क्यानले गरेको कारवाहीमा असहमति जनाउँदै यसबारे ध्यानाकर्षण गराएका थिए।

    प्रचण्डको ध्यानकर्षणपछि प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गर्दै यसबारे सोधखोज गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार